काठमाडौं । काठमाडौं उपत्यकामा मात्र ३९१ कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।
देशभर थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् ।