काठमाडौं । आफूलाई सांसदबाट कारबाही गरेको भन्दै पार्टी नै खारेज गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगले पुगेका नेताहरुको दाबी निर्वाचन आयोगले खारेज गरेको छ । एमालेमा केही समय अघि मात्रै प्रवेश गरेका टोपबहादुर रायमाझी र प्रभु साह लगायतको योजनामा आयोगमा दिइएको निवेदन खारेज भएको हो । योसँगै माओवादीको नेतृत्व वैधानिक समेत बनेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुन शम्शेर जबरा, जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको हो ।
योसँगै एमालेमा प्रवेश गरेर पनि प्रभावकारी भूमिका नपाएपछि माओवादीमा फर्किन चाहेका नेताहरुको यो सम्भावना कमजोर बनेको छ ।