images
images

बैंकका कर्मचारीसँग फियनले भन्यो : सशक्त आन्दोलनका लागि तयार रहनु


  • 633
    SHARES
  • २०७८ आषाढ २६ गते शनिबार

    बैंकका कर्मचारीसँग फियनले भन्यो : सशक्त आन्दोलनका लागि तयार रहनु

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था विरुद्ध असहमति राख्दै आएका वित्तीय संस्था कर्मचारी संघले आफ्ना सदस्य कर्मचारीहरुलाई थप आन्दोलनका लागि तयार रहन अपिल गरेको छ । 

    शुक्रबार एक विज्ञप्ती जारी गर्दै फियनले आइतबारदेखि ३ दिनको लागि आफ्नो अफिस अगाडि सामाजिक सुरक्षा कोषमा असहमति किन भन्ने व्यानरसहित बिहान १० बजेदेखि १५ मिनेट कालो पट्टि बाँधी बैंकको प्राङ्गण अगाडि विरोध कार्यक्रम गर्ने निर्णय गर्दै थप आन्दोलनका लागि समेत मानसिक रुपमा तयार रहन भनेको हो । 


    images
    images

    Logo