images
images

अमेरिकाले नेपाललाई १५ लाख खोप उपलब्ध गराउने


  • 483
    SHARES
  • २०७८ आषाढ २५ गते शुक्रबार

    अमेरिकाले नेपाललाई १५ लाख खोप उपलब्ध गराउने

    काठमाडौं । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्धको १५ लाख डोज खोप दिने भएको छ । अमेरिकाले अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले उत्पादन गरेको मोडर्ना खोप नेपाल सहित भुटानलाई पनि उपलब्ध गराउन रोयटर्सले उल्लेख गरेको छ । 

    रोयटर्सले जनाए अनुसार अमेरिकाले नेपाललाई १५ लाख र भुटानलाई ५ लाख मोडर्ना खोप दिन लागेको हो । बाइडेन प्रशानसनले ८ करोड खोपको मात्रा उपलब्ध गराउने प्रतिवद्धता अन्तर्गतकै खोप सहायता भएको उल्लेख गरेको छ ।

    गत सातामात्रै बाइडेन प्रशासनले १० लाख मात्रा फाइजर र बायोएनटेक खोप मलेसिया र ४० लाख मोडर्नाको खोप इण्डोनेसियामा पठाउने योजना पनि घोषणा गरेको छ । अमेरिकाले एसियामा इण्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स, भियतनाम, लाओस, कम्बोडीया र पपुवा न्यूगिनी खोप पठाउने योजना घोषणा गरिसकेको छ । 

    वासिंङटनले ८ करोड मात्रा खोपका अतिरिक्त ५० करोड मात्रा फाइजर र बायोएनटेकका खोप खरिद गरेर अफ्रिकी संघ तथा ९२ ओटा न्यून र निम्न मध्यम आय भएका मुलुकमा वितरण गर्ने उल्लेख गरेको छ ।

    महामारीबाट जीवन बचाउन यो पहल शुरु गरेको हो । अमेरिका लगायत विकसित राष्ट्रले खोपको आपूर्तिमा हुने असमानता र विभेद न्यूनीकरणका लागि भन्दै यो सहायताको घोषणा गरेका हो ।


    images
    images

    Logo