images
images

नेपाली पासपोर्ट विश्वकै खराब १० को सूचीमा, उत्तर कोरिया भन्दा पनि तल


  • 1.1K
    SHARES
  • २०७८ आषाढ २५ गते शुक्रबार

    नेपाली पासपोर्ट विश्वकै खराब १० को सूचीमा, उत्तर कोरिया भन्दा पनि तल

    काठमाडौं । नेपालको पासपोर्ट विश्वकै खराब १० सूचीमा परेको छ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएसन (आयटा) ले सन् २०२१ मा गरेको सूचीकरणमा नेपाली पासपोर्ट यो सूचीमा परेको हो । १ सय ९९ देशका २ सय २७ गन्तव्यको सूचकका आधारमा यस्तो सूची तयार गरिएको हो । 

    सूची अनुसार जापानको पासपोर्ट विश्वकै उत्कृष्ठ पाइएको छ । सो पासपोर्टले २२७ मध्ये १९३ गन्तव्यको पहुँच राख्छ । सबैभन्दा खराब सूचीमा भने अफगानिस्तान रहेको छ । सो देशको पासपोर्टले २६ स्थानमा मात्रै पहुँच राख्छ । नेपाली पासपोर्टको पहुँच भने ३८ गन्त्व्यमा सीमित छ । 

    उत्कृष्ठ १० पासपोर्टको सूचीमा जापानपछि क्रमशः सिंगापुर, दक्षिण कोरिया, जर्मनी, इटाली, फिनल्यान्ड, स्पेन, लम्जमवर्ग, डेनमार्क र अष्ट्रिया छन् । 

    खराब १० को सूचीमा अफगानिस्तानपछि क्रमशः इराक, सिरिया, पाकिस्तान, यमन, सोमालिया, प्यालेष्टाइन, नेपाल, उत्तर कोरिया र लिबिया रहेको छन् ।


    images
    images

    Logo