images
images

वर्षान्तमा धमाधम एकीकृत कारोबार गर्दै बैंक तथा वित्तीय संस्थाहरु


  • 604
    SHARES
  • २०७८ आषाढ २५ गते शुक्रबार

    वर्षान्तमा धमाधम एकीकृत कारोबार गर्दै बैंक तथा वित्तीय संस्थाहरु

    मर्जर प्रक्रियामा रहेका ८ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर एकीकृत कारोबार गर्न लागेका छन् । एकीकृत कारोबारपछि ४ वटा संस्थाको अस्थित्व समाप्त हुनेछ ।

    काठमाडौं । आर्थिक वर्षको अन्त्य हुनै लाग्दा लामो समयदेखि मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाहरु धमाधम एकीकृत कारोबार गर्ने तयारीमा जुटेका छन् । मर्जरको प्रक्रियामा रहेकामध्ये ८ बैंक तथा वित्तीय संस्थाले यस्तो मिति तय गरेका हुन् । 

    नबिल बैंक र युनाइटेड फाइनान्सबीच एक्विजिसन असार २७ गते टुंगिदैछ । दुई संस्थाबीच आइतबार एकीकृत कारोबार हुन लागेको हो । युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता शेयर रहेनेगरी दुई संस्थाबीच एक्विजिसन हुन लागेको हो । 

    सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीचको चलिरहेको एक्विजिसन प्रक्रियाले भोलि पूर्णता पाउँदैछ । यी दुई संस्थाबीच शनिबारको लागि एकीकृत कारोबारको मिति तय गरिएको छ । मर्जरपछि बनेको संस्था सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकै नामबाट कारोबार हुनेछ । सिटिजन्स बैंकले सिर्जनाको शेयरलाई १०० : ९५ अनुपातमा मर्जर गर्न लागेको हो । 

    नेपाल फाइनान्स र ललितपुर फाइनान्स फाइनान्सबीचको मर्जर प्रक्रिया पनि आइतबार पूरा हुँदैछ । दुई संस्थाले आइतबारदेखि एकीकृत कारोबार गर्न लागेको हो । सिस्टम एकीकरणको लागि भन्दै दुवै संस्थाले शुक्रबार र शनिबारको लागि बैंकिङ कारोबार बन्द गर्ने भएका छन् । दुई संस्थाबीच १ : १ को स्वाप रेसियोमा मर्जर हुन लागेको हो । 

    उता, नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाबीच ३० गते एकीकृत कारोबारको तयारी गरिएको छ । महिला सहयात्रा नेशनल माइक्रोफाइनान्समा विलय हुनेगरी यसअघि सहमति भएको थियो । दुई संस्थाबीचको एकीकृत कारोबारपछि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । नेशनल र महिलाबीच १०० : ६८ अनुपातको स्वाप रेसियोमा कारोबार हुन लागेको हो । 

    यी सबै मर्जर तथा एक्विजिसनलाई राष्ट्र बैंकले यसअघि नै अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।


    images
    images

    Logo