काठमाडौं । नेपाल सरकारको विशिष्ठ श्रेणी अन्तर्गत पर्ने सचिव पदमा सहसचिव कृष्णहरि पुष्कर बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।
सचिवको बढुवा समितिले बिहीबार नै उनलाई वढुवा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । सोही दिन पुष्कर सचिव बनेका हुन् । उनी वरिष्ठ सहसचिवहरुको नम्बरमा थिए ।