images
images

ललितपुर महानगरपालिकाको २९ वडामै खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै


  • 318
    SHARES
  • २०७८ आषाढ २४ गते बिहीबार

    ललितपुर महानगरपालिकाको २९ वडामै खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै

    काठमाडौं । ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज यहाँ जारी  सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो  निर्णय गरेको हो ।  पहिलो मात्रा सो  लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई  खोप लगाइने  सूचनामा जनाइएको छ ।

    सूचनामा महानगरपालिकाका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ । 

    यसैगरी ललितपुरमा रहेका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा भने आगामी शुक्रबार सो खोप लगाइने भएको सम्बन्धित नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोञ्ज्योसोम र महाङ्कालमा आगामी शुक्रबार एक दिन खोप लगाउनका साथै वाग्मतीमा भने २५ र २६ दुई दिन सो खोप लगाइदिने भएको सम्बन्धित गाउँपालिकाले जनाएका छन्  ।


    images
    images

    Logo