images
images

युनियन लाइफको साढे ६४ कित्ता आईपीओ आजदेखि खुला


  • 412
    SHARES
  • २०७८ आषाढ २४ गते बिहीबार

    युनियन लाइफको साढे ६४ कित्ता आईपीओ आजदेखि खुला

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीबार असार २४ गतेदेखि साधारण शेयर (आईपीओ) बिक्रीमा लागि खुल्ला गरेकोे छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कुल ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले बिहीबारदेखि ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

    आईपीओको कुल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामुहिक लागनीकोषलाई सुरक्षित गरेको छ ।  बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

    उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

    उक्त कम्पनी आईपीओ भर्ने  ५ लाख ८० हजार ५०० लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस अघिको आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा २० लाख भन्दा माथिले आवेदन दिने अनुमान सजिलै गर्न सकिन्छ । त्यसैले यूनियन लाइफ इन्स्योरेन्सको आईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ ।


    images
    images

    Logo