काठमाडौं । २० हजार रुपैयाँ घुस लिएको आरोपमा ओभरसियर पक्राउ परेका छन् । धादिङको गजुरीस्थित सार्वजनिक निर्माण कार्यान्वयन इकाईमा करार सेवामा कार्यरत सब इन्जिनियर विनोद सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सापकोटालाई नियन्त्रणमा लिएको हो ।
खेलकुद मैदान निर्माण सम्पन्न भएको भुक्तानी लिन जाँदा सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोप उनीमाथि लगाइएको छ । सापकोटालाई धादिङकै थाक्रेको हुलाकडाँडाबाट घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।