images
images

अवैध रुपमा आएका मोबाइल साउनदेखि नचल्ने, अहिले चलिरहेको मोबाइल के हुन्छ ? 


  • 1.1K
    SHARES
  • २०७८ आषाढ २४ गते बिहीबार

    अवैध रुपमा आएका मोबाइल साउनदेखि नचल्ने,  अहिले चलिरहेको मोबाइल के हुन्छ ? 

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा आईएमईआई दर्ता नभएका मोबाइल साउनदेखि नचल्ने भएका छन् । अवैध रुपमा आयात गरेका बा कानूनी रुपमै विदेशबाट ल्याएर पनि आईएमईआई दर्ता हुन नसकेका मोबाइल नचल्ने भएका हुन् । 

    प्राधिकरणले सुरु गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सेवा सञ्चालनमा पूर्ण रुपमा सञ्चालनमा आउने भएपछि अवैध मोबाइलमाथि पूर्ण प्रतिबन्ध लगाउन लागिएको हो। यो सिस्टम कार्यान्वयनमा आएपछि राजश्व नतिरी अवैध रुपमा माेबाइल ल्याउने प्रवृत्ति अन्त्य हुने तथा हराएका मोबाइलहरु पत्ता लगाउन समेत सहयोग पुग्नेछ प्राधिकरणले जनाएको छ । चोरिएका मोबाइलहरु समेत यही नम्बरका आधारमा बन्द गर्न सकिने भएकोले अब चाेरीको सम्भावना समेत हुनेछैन ।

    करसम्बन्धी कानूनले खुला गरेको परिमाणमा विदेशबाट ल्याइएका मोबाइल एमडीएमएसमा दर्ताको व्यवस्था मिलाइएको छ । यसका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआइडीसी) मा सिस्टम निर्माण भइसकेको र भदौसम्म प्राधिकरणले पनि सिस्टम निर्माण गर्ने जनाएको छ ।

    आईएमईआई भनेको कुनैपनि मोबाइललाई दिइएको एउटा नम्बर हो । यो संसारको कुनै पनि अरु डिभाइससँग मिल्दैन । प्राधिकरणले विकास गर्न लागेको सिस्टममा यी नम्बरहरुलाई अपडेट गर्ने र सो सिस्टममा नभएका माेबाइलहरुलाई नेपाली माेबाइल सेवा प्रदायकहरुले नचिन्ने व्यवस्था मिलाउन लागिएको हो । 

    अहिले चलिरहेका मोबाइल के हुन्छ ?

    यसअघि नै अवैध रुपमा आयात भएका र प्रयोगमा आइसकेका माेबाइल फाेनहरु भने सिस्टममा स्वत: दर्ता हुनेछ । अहिले नेपाली माेबाइल सेवा प्रदायकसँग जोडिएका सबै माेबाइलका आईएमईआई नम्बरलाई सिस्टमले कानूनी मानेर स्वीकार गर्नेछ । त्यसैले अहिले माेबाइल चलाइरहेकाहरुका लागि कुनै पनि समस्या नहुने प्राधिकरणले जनाएको छ । 

    साउनदेखि आयात भएर पनि दर्ता नभएका माेबाइलहरु भने दर्ता नगरेसम्म चल्ने छैनन् । 


    images
    images

    Logo