images
images

मेरियट होटलमा ओली–नेपाल वार्ता, ओली पक्षका कोही बोलेनन्, नेपाल पक्षले भन्यो, ‘सकारात्मक’


  • 723
    SHARES
  • २०७८ आषाढ २३ गते बुधबार

    मेरियट होटलमा ओली–नेपाल वार्ता, ओली पक्षका कोही बोलेनन्, नेपाल पक्षले भन्यो, ‘सकारात्मक’

    काठमाडौं । नेकपा एमालेभित्रको राजनीतिक द्वन्द्वलाई चिर्न मेरियट होटलमा बुधबार भएको वार्ता सकिएको छ । कार्यदलका सदस्यसँग र वान टू वान भएको वार्ता सकिएर दुवै पक्ष बाहिरिएका हुन् । 

    वार्ताबाट बाहिरिँदैगर्दा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले कुनै प्रतिक्रिया जनाएनन् । बाहिरिँदैगर्दा कार्यदलका तर्फबाट ओलीपक्षीय नेताहरुले पनि कुनै प्रतिक्रिया जनाएनन् ।

    माधवपक्षीय नेता भीम रावलले वार्ता समस्या समाधानकेन्द्रित भएको बताए पनि यसको निष्कर्ष के रह्यो भन्नेबारे केही बताएनन् । 

    तर, अर्का नेता सुरेन्द्र पाण्डेले भने वार्ता सकारात्मक भएको अर्को दिन फेरि वार्ता हुने बताए । 


    images
    images

    Logo