काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना रहेका छन् ।
देशभर थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २८ जनाको मृत्यु भएको छ ।