काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा मात्रै २४६ जना ,ललितपुरमा ८१ र भक्तपुरमा ४९ जना रहेका छन् ।
देशभर थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ ।