images
images

मध्यपहाडी(पुष्पलाल)राजमार्गको बागलुङ खण्ड अवरुद्ध 


  • 779
    SHARES
  • २०७८ आषाढ २२ गते मंगलबार

    मध्यपहाडी(पुष्पलाल)राजमार्गको बागलुङ खण्ड अवरुद्ध 

    गलकोट । निरन्तरको वर्षात्का कारण मध्यपहाडी(पुष्पलाल)  राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो ।

    दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए।  निरन्तरको वर्षात्पछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ । 

    आज अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ । वर्षात्का कारण अर्को आष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–बलेवा जाने सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । 
    बागलुङ पोखरा सडकअन्तर्गत पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि राजमार्गको सडक अवरुद्ध भएको र  यात्रु अलपत्र परेका छन् । 


    images
    images

    Logo