images
images

‘घरबेटी ठेकेदार’ पनि कालोसूचीमा, २ वर्षसम्म ठेक्का नपाउने


  • 926
    SHARES
  • २०७८ आषाढ २२ गते मंगलबार

    ‘घरबेटी ठेकेदार’ पनि कालोसूचीमा, २ वर्षसम्म ठेक्का नपाउने

    काठमाडौं । 'घरबेटी ठेकेदार'को रुपमा चिनिने शारदाप्रसाद अधिकारीको कम्पनी कालोसूचीमा परेको छ । मल खरिदमा शर्तअनुसार काम नगरेपछि कृषि सामाग्री केन्द्रको सिफारिसमा उनको कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राखिएको हो । अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का घरबेटी हुन् । 

    सो कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। यो अवधिमा सो कम्पनीले कुनै पनि प्रकारको सार्वजनिक खरिदसम्बन्धी काममा सहभागिता जनाउन पाउने छैन । 

    अघिल्लो वर्ष शैलुङकै कारण बजारमा मलको हाहाकार भएको थियो । बर्खा सिजनमा अभाव भएको मल हिउँदमा झनै बल्झिने देखिएपछि सरकारले ब‌ंगलादेशबाट जीटूजी प्रक्रियामा मल खरिद गरेको थियो ।

    त्यसो त अधिकारीको अर्को कम्पनी शैलुङ कन्ट्रक्सन पनि ठेक्का पारेर काममा अलपत्र पार्ने कम्पनीको रुपमा चिनिन्छ । बालाजुबाट नुवाकोट जाने सडक, नगरकोट जाने सडक लगायत सडकहरु वर्षाैदेखि अलपत्र पारेको भन्दै स्थानीयवासी सो कम्पनीप्रति रुष्ट छन् । अन्य दर्जनाै‌ं आयोजना पनि यसैगरी अलपत्र हुँदै आएको छ ।


    images
    images

    Logo