काठमाडौं । मन्त्रिपरिषद्ले सचिवका रिक्त स्थानमध्ये २ जनाको बढुवा गरेको छ । तत्कालिन सचिवहरुको कार्यकाल सकिएपछि केही सचिवको पद रिक्त थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेर पदपूर्ति गरेको हो ।
यसरी बढुवा हुनेहरुमा र सुशीलचन्द्र तिवारी रहेका छन् । बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव थिए । यसअघि बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डा. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको थियो।
ती चारजन सचिवको पदस्थापन भइसकेको छ ।