काठमाडौं । सरकारले मंगलबार सोमबारदेखि उपत्यकामा लागू भएको जोरविजोर प्रणाली हटाएको छ । वैशाख १६ देखि लागू भएको निषेधाज्ञालाई खुकुलो पार्दै उपत्यकाका तिनै वटै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भने १० दिन थप गरेको छ । प्रशासन कार्यालयहरूले सवारी साधन चल्न दिनको लागि शर्त तोकेको छ ।
