काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् ।
देशभर थप १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ रहेको छ ।
कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।