काठमाडौं । अहिले बस्न लागेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले निधेषाज्ञा अझ एक साता थप्ने भएका छन् । उपत्यकाको संक्रमण दरमा अझै कमी नआइसकेकोले सीडीओहरूले एक साता निषेधाज्ञा थप्ने तयारी गरेका हुन् ।
निषेधाज्ञा हटाउनु पर्ने दववार आएपनि आज दिउँसो बस्ने बैठकले साना सिटका सवारी साधन पनि चल्न दिने निर्णय गर्ने भएको छ । प्रशासनले गर्ने यो निर्णयसँगै माइक्रोबस र ट्याम्पु पनि जोर बिजोर प्रणालीअन्तर्गत सञ्चालन हुनेछन् ।
एक साता सीडीओहरूको बैठकले २५ सिट क्षमता भएका सार्वजनिक सवारीलाई मात्रै चल्न दिने निर्णय गरेको थियो । वैशाख १६ गतेदेखि लागू भएको निषधाज्ञा एक साताअघिदेखि उपत्यकामा केही खुकुलो गरिएको छ ।
निषेधाज्ञा खुकुलो भएपछि सार्वजनिक र निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चलिरहेका छन् । यस्तै खाद्यपसल बिहान ६ बजेदेखि खुलेका छन् भने अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुलेका छन् । यातायात व्यवसायीले सबै प्रकारका सार्वजनिक सवारी चल्न दिनुपर्ने र जोर बिजोरको नियम पनि हटाइनुपर्ने माग गर्दै आएका छन् । तर अहिले नै सवारी साधनमा लागेको जोरविरोज प्रणाली भने हट्ने छैन ।



