भक्तपुर । भक्तपुरमा चार तले निर्माणाधिन घरबाट लडेर एक मजदुरको ज्यान गएको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका–९ स्थित निर्माणाधिन घरको तीन तलास्थित भ¥याङबाट लडेर सोहि घरमा कामगर्ने मजदुर ३० वर्षीया लिला सदाको ज्यान गएको हो । शनिवार राती साढे १० वजे खाना खाएर सुत्नका लागि छतमा जाने क्रममा भर्याङबाट लडेकी सदाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुली दुधौली घर भएका राम कुमार सदाको तीन जनाको परिवार लोकन्थलीका राजु श्रेष्ठको ४ तले निर्माणाधिन घरमा काम गर्न भनी बसेका थिए । घट्नाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले घटनास्थल लाश जाँच प्रकृति मुचुल्का पश्चात लाश पोष्ट मार्टमका केएमसी अस्पताल दुवाकोट पठाईएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।