काठमाडौं । स्मार्ट टेलिकमले नयाँ योजना ल्याएको छ । टेलिकमले आफ्ना ग्राहकहरुलाई जति कुरा गर्दा पनि २ मिनेटको मात्रै पैसा लाग्ने नौलो खालको अफर ल्याएको हो ।
‘दुईपछि फ्रि’ नाम दिइएको उक्त अफर अन्तर्गत अन्तर्गत स्मार्ट टेलिकमबाट आफ्नो नेटवर्कभित्र फोन गर्दा पहिलो २ मिनेटसम्म शुल्क लाग्नेछ । त्यसपछि जति कुरा गरे पनि कुराकानी निःशुल्क हुनेछ ।
लकडाउनद्वारा सिर्जित कठिन परिस्थितिमा यो अफरले प्रयोगकर्तामाझ उत्साह र उमंग आउनेछ विश्वास टेलिकमको छ । यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरुले ८१४१८१८५८१३ डायल गरेर सेवा सुचारु गर्नुपर्ने जनाइएको छ ।