काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।छ ।
जसमा काठमाडौंमा २४६ जना , ललितपुरमा ८१ र भक्तपुरमा ४९ संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोनाको कारण १९ जनाको मृत्यु भएको छ ।