काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा ३१६, भक्तपुरमा ३४ र ललितपुरमा ७८ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार १४८ रहेको छ ।
नेपालमा थप २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।