images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 


  • 315
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा आर्दश लघुवित्त र ग्लोवल आइएमई लघुवित्त रहेका छन् ।

    आर्दश लघुवित्तले २० प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य  १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार १ हजार ६ सय ५० रुपैयाँमा भएको थियो ।

    त्यस्तै,  ग्लोवल आइएमई लघुवित्तले १२ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य  ८ सय ९५ दशमलव ९८ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार १ हजार ३ दशमलव ५० रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo