काठमाडौं । चार कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा सोल्टी होटल, मेरो माइक्रोफाइनान्स लघुवित्त, नेपाल इस्योरेन्स र प्रिमियर इस्योरेन्स रहेका छन् ।
सोमबार सोल्टी होटलको ५ प्रतिशत बोनस वापतको ४२ लाख १३ हजार ५ सय ३३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस वापतको १२ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ ।
त्यस्तै, नेपाल इस्योरेन्सको ८ प्रतिशत बोनस वापतको ११ लाख ५७ हजार ६ सय ९६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ भने प्रिमियर इस्योरेन्सको १४.२५ प्रतिशत बोनस वापतको १७ लाख ४९ हजार ४ सय ५१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । चारै कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ।



