images
images

सामान्य अंकले घट्यो नेप्से, परिसूचक २०२३.५४ विन्दुमा


  • 353
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    सामान्य अंकले घट्यो नेप्से, परिसूचक २०२३.५४ विन्दुमा

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा पुगेको छ । साताको दोस्रो दिन नेप्सेमा ५१ लाख २० हजार ८ सय ८८ कित्ता शेयर १ अर्ब ८९ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । आइतबार नेप्सेमा २ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो । 

    आज कारोवारमा आएका २ सय १७ कम्पनीमध्ये ७१ वटाको शेयरमूल्य बढेको, १ सय ३५ वटा कम्पनीको घटेको र ११ वटाको स्थिर रहेको छ । १३ उपसमूहका सूचक मध्ये ५ वटा बढेको छ । 

    आज कारोवारमा आएका मध्ये कुनैपनि कम्पनीको शेयरमूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन । स्वाभिमान लघुवित्त र साम्लिङ पावरको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज हिमालयन डिस्टिलरीको कारोवार रकम सबैभन्दा धेरै रहेको छ । 


    images
    images

    Logo