काठमाडौं । मोदी इनर्जी लिमिटेडले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले ७२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डबाट फागुन २ गते स्वीकृति पाएको हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र स्थानीय बासिन्दाका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।