images
images

क्र्यासको झल्को दिएको नेप्से बढेर बन्द, लघुवित्तको शेयरमा ‘बाउन्स ब्याक’


  • 235
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    क्र्यासको झल्को दिएको नेप्से बढेर बन्द, लघुवित्तको शेयरमा ‘बाउन्स ब्याक’

    काठमाडौं । कारोबारको सुरुवाती समयमा ‘मार्केट क्र्यास’को झल्को दिएको नेपाल स्टक एक्सचेञ्ज परिसूचक बढेर बन्द भएको छ । आइतबार कारोबार सुरु भएलगत्तै तीव्र रुपले घटेको नेप्से १० मिनेटको अवधिमै ६० अंकले घटिसकेको थियो । नेपाल राष्ट्र बैंकले लिएको लघुवित्तसम्बन्धी नीतिका कारण बिहीबार पनि उच्च रुपले घटेको नेप्सेले आइतबारसमेत सोही लय लिँदा लगानीकर्तामा भय देखिएको थियो । 

    तर, १५ औं मनिेटदेखि नेप्सेले देखाएको सकारात्मक संकेत कारोबार अवधिभित्रै ‘बाउन्स ब्याक’ रुपमा परिणत भयो । फलस्वरुप बजार ४.५५ अंकले बढेर बन्द भयो । आजको कारोबारसँगै नेप्से २०२७.१९ विन्दुमा पुगेको छ । 

    कारोबारको सुरुवाती समयमा लघुवित्त संस्थाको शेयरमै उच्च गिरावट देखिएको थियो । बन्द हुँदाको अवस्थामा भने अधिकांश यस्ता संस्थाहरुको मूल्य सकारात्मक भएर बन्द भएका छन् । 

    यद्यपि कारोबार अवधिभर नै बजारमा लगानीकर्ताहरु द्विविधामा रहेको देखिएको छ । यही कारणले बजारले धेरैपटक उतारचढावको सामना गर्नुपर्यो । आजको चार्टमा मात्रै झण्डै ५ वटा यू–टर्न देखिएको छ । 

    तीब्र उतारचढावबीच आज शेयर कारोबारमा अपेक्षित सुधार हुन भने सकेन । सामान्यतया उतारचढावयुक्त बजारमा उच्च कारोबार हुने गरे पनि आज २ अर्ब ५२ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको छ, जुन बिहीबारकै हाराहारी हो ।   

    अन्तिम कारोबार अनुसार आज किनबेच भएका २ सय १७ कम्पनीका शेयरमध्ये १ सय ४६ वटाको शेयरमूल्य बढ्दा ६२ वटाको घटेर बन्द भएको छ । ९ वटा कम्पनीको मूल्य भने आज स्थिर रहेको छ । बजारमा रहेका १३ समूहका उपसूचकमध्ये ८ वटा बढेको छ । 

    आज कारोबार भएकामध्ये कुनैपनि कम्पनीमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन । विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको मूल्य ७ प्रतिशत भन्दा धेरैले बढ्दा जनउत्थान सामुदायिक लघुवित्त सर्वाधिक गुमाउने कम्पनी बनेको छ । कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी पहिलो नम्बरमा रहेको छ । 

     


    images
    images

    Logo