images
images

एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६५ सय जनाको आवेदन रद्द


  • 442
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६५ सय जनाको आवेदन रद्द

    काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज विहान बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफँट गरिएको हो । 

    सो आईपीओमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको छ भने १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र आवेदन योग्य भएको छ । 

    माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथा मार्फत ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । 

    कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि  ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो। साे शेयर आज बाँडफँट गरिएको हो । 


    images
    images

    Logo