images
images

ईङवा हाइड्रोपावरको आईपीओ फागुन २१ गतेदेखि, कस कसले दिने आवेदन ?


  • 418
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    ईङवा हाइड्रोपावरको आईपीओ फागुन २१ गतेदेखि, कस कसले दिने आवेदन ?

    काठमाडौं । ईङवा हाइड्रोपावरको आईपीओ फागुन २१ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख २० हजार कित्ता निष्काशन गर्न लागेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं २ र वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    उक्त आईपीओमा लगानीकर्ताले १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्का लागि आवेदन दिन सक्नेछन् । यस्तो निष्काशन बन्द छिटोमा चैत ८ गतेसम्म हुनेछ भने स्थानीयका लागि निष्काशन गरिएको सम्पुर्ण आईपीओमा आवेदन नपरेमा यआवेदन दिने अवधि चैत २० गतेसम्म रहने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo