काठमाडौं । २ कम्पनीको साधारणसभा आज हुँदै छ । आइतवार ज्योति विकास बैंक र अपि पावर कम्पनीत्तले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा ज्योति विकास बैंकले त्रिभुवन आर्मी क्लब, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ३.८० प्रतिशत नगद लाभांश पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, मर्जर र एक्विजिसन लगायतका एजेण्डा रहेको छ ।
त्यतै, अपि पावर कम्पनीले बानेश्वर भोज, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रस्ताव गरेको ७.५ प्रतिशत बोनश शेयर र १ः०.४० को अनुपातमा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेका छन् ।



