काठमाडौं । इन्फिनिटी लघुवित्तको साधारणसभा आज हुँदैछ । लघुवित्तले कम्पनीको कार्यालय विजय चोक, गैडाकोटमा ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ ।
सो सभाले कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर पारित गर्नेछ । यस बर्ष कम्पनीले नगद लाभांश भने दिएको छैन् । सञ्चालक समितिको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने ।आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्तिगर्ने र निजको पारिश्रमिक तोक्ने ।