images
images

३ कम्पनीको साधारणसभा आज हुँदै, कसले कति दिँदैछन् लाभांश ?


  • 474
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    ३ कम्पनीको साधारणसभा आज हुँदै, कसले कति दिँदैछन् लाभांश ?

    काठमाडौं । २ इन्स्योरेन्स कम्पनीको साधारणसभा आज हुँदै छ । शुक्रवार सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स र निर्धन उत्थान लघुवित्तले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा सानिमा लाइफ इन्स्योरेन्सले कुण्डलनी दरबार भोज, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले रिलायन्स लाइफ इन्स्योरेन्स १ः१ स्वाप रेसियोमा मर्जरमा जाने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेको छ । 

    त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले लिसारा रिसेप्शन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा , सानिमा लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जाने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका रहेका छन् । 

    त्यसैगरी, निर्धन उत्थान लघुवित्तले कम्पनीको प्रधान कार्यालय, भगवतीबहाल, काठमाडौंमा बिहान १० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, बोर्ड सदस्यहरूको निर्वाचन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेका छन् । 

     


    images
    images

    Logo