काठमाडौं । आज शेयर बजारमा ५७.७४ अंकले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ । आज २ सय ६० स्क्रिपको २ अर्ब ५२ करोड रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता शेयर किनबेच भएको छ । आज शेयर बजारमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ । बुधबार १ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर कारोबारभ भएको थियो ।
साताको अन्तिम दिन विहबिार १४ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर छ । आज शेयर कारोबार सुरु भएदेखि ओरोला लागेको छ । विहीबार कारोबारमा आएका सवै उपसुचकहरु घटेका छन् ।
आज सबैभन्दा धेरै छिमेक लघुवित्तको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ७ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका ३७ कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज सवैभन्दा धेरै लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बुधबार राष्ट्र बैंकले लघुवित्तहरुलाई एकीकृत निर्देशन जारी गर्दै कडाई गरेपछि यसको असर सेयर बजारमा देखिएको हो ।‘ नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गर्दै कडाइ गरेको हो ।
नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले ७ लाख बढी ऋण प्रवाह गर्न पाउने छैनन् । यस्तै, अब लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको वितरण गर्न पाउनेछैन् ।



