काठमाडौं । साताको अन्तिम दिन विहीबार २६ लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नेप्से ६३.६४ अंकले घटेकाे छ । यो समाचार तयार पर्दासम्म २६ वटा लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।आज सवैभन्दा धेरै लघुवित्तकाे शेयर मूल्यमा नकारात्मक सकिट लागेकाे हाे ।
बुधबार राष्ट्र बैंकले लघुवित्तहरुलाई एकीकृत निर्देशन जारी गर्दै कडाई गरेपछि यसकाे असर सेयर बजारमा देखिएकाे हाे ।‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गर्दै कडाइ गरेकाे हाे ।
नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले ७ लाख बढी ऋण प्रवाह गर्न पाउने छैनन् । यस्तै, लघुवित्तबाट ऋण लिँदा अब ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको स्वघोषणा गर्नुपर्नेछ । यति मात्र नभएर अब लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको वितरण गर्न पाउनेछैन् ।
यसरी कारोबारमा नकारात्मक सर्किट लाग्नेमा छिमेक लघुवित्त, स्वावलम्वन लघुवित्त, समिट लघुवित्त, स्वरोजगार लघुवित्त, नयाँ सारथी लघुवित्त, जनउत्थान लघुवित्त, ग्लोवल आईएमई लघुवित्त रहेको छन् । त्यस्तै, सूर्योदय वमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, फर्वाड माइक्रोफाइनान्स, माहुली लघुवित्त, उन्तति लघुवित्त, विन नेपाल लघुवित्त, आरम्भ चौतारी लघुवित्त, इन्फिनिटी लघुवित्त, आँखुखोला लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यस्तै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेष्डो लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सृजनशिल लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्तको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।






