images
images

२ इन्स्योरेन्स कम्पनीको साधारणसभा आज हुँदै, कसले कति दिँदैछन् लाभांश ?


  • 522
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    २ इन्स्योरेन्स कम्पनीको साधारणसभा आज हुँदै, कसले कति दिँदैछन् लाभांश ?

    काठमाडौं । २ इन्स्योरेन्स कम्पनीको साधारणसभा आज हुँदै छ । बिहीवार लुम्बिनी जनरल इन्स्योरेनस र सगरमाथा इन्स्योरेन्सले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा लुम्बिनी जनरल इन्स्योरेनसले अमृतभोग खानपान, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रस्ताव गरेको ६.९९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग ८०ः१०० स्वाप रेसियोमा मर्जरमा जाने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेका छन् । 

    त्यस्तै, सगरमाथा इन्स्योरेन्सले लैनचौर भोज, काठमाडौंमा बिहान १० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा कम्पनीले प्रस्ताव गरेको १२.४० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.६५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जाने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका रहेका छन् । 


    images
    images

    Logo