images
images

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 436
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिहीवार प्रभु इन्स्योरेन्स, सिभिल लघुवित्त र सबैको लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि प्रभु इन्स्योरेन्सले फागुन १२ गते र सिभिल र सबैको लघुवित्तले १४ गतेबुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन १२ र १३ गते शुक्रवार र शनिवार परेकाले शेयर बजार बन्द रहनेछ । तसर्थ, फागुन ११ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् । 

    प्रभु इन्स्योरेन्स कम्पनीले फागुन २३ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.७० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    यस्तै, सिभिल लघुवित्तले चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.५७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न फागुन २९ गते साधारणसभा बोलाएको छ।

    सबैको लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न फागुन २६ गते साधारणसभा बोलाएको छ। 

    यस अनुसार फागुन ११ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo