काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको छ । बुधबार नेप्सेमा ४७ लाख ७९ हजार ७ सय ९६ कित्ता शेयर १ अर्ब ८० करोड रुपैयाँ बराबर रकममा कारोवार भएको हो । सोमबार नेप्सेमा १ अर्ब ९४ करोड रुपैयाँको कारोवार भएको थियो ।
नेप्सेका अनुसार आज कारोवारमा आएका २ सय १७ कम्पनीमध्ये १ सय ६५ को शेयरमूल्य बढेको, ४९ को घटेको र ३ को स्थिर रहेको छ । १३ मध्ये १० उपसमूहको सूचक बढेको र ३ को घटेको छ ।
आज नेप्सेमा सबैभन्दा धेरे कित्ता शेयर कारोवार ग्लोबल आईएमईको र धेरै रकमको कारोवार हिमालयन डिस्टिलरीको रहेको छ ।