काठमाडौं । मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले कुल २७ लाख २८ हजार ५ सय कित्ता निष्काशन गर्ने भएको छ जसमध्ये २ लाख ७२ हजार ८ सय ५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र १ लाख ३६ हजार ४ सय २५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । त्यस्तै, ५४ हजार ५ सय ७० कित्ता कम्पनीमा कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको २२ लाख ६४ हजार ६ सय ५५ कित्ता आईपीओका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।