काठमाडौं । २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बुधवार अपि पावर र उपकार लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ फागुन ३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् ।
अपि पावरको चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गर्न फागुन १४ गते साधारणसभा बोलाएको छ।
त्यसैगरी, उपकार लघुवित्तले फागुन १८ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस अनुसार फागुन ३ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।



