काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा पुगेको छ । मंगलबार नेप्सेमा ४६ लाख ८५ हजार ८ सय ९ कित्ता शेयर १ अर्ब ७८ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको हो । आइतबार नेप्सेमा ३ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो ।
आज कारोवारमा आएका २ सय १५ कम्पनीमध्ये ४५ को शेयरमूल्य बढेको, १ सय ६२ को घटेको र ८ को स्थिर रहेको छ । १३ मध्ये म्यानुफ्याक्चरीङ एण्ड प्रोसेसिङ बाहेक अन्य १२ उपसमूहको सूचक घटेको छ ।
आज सबैभन्दा धेरै कित्ता शेयर कारोवार ङादी ग्रुप पावर लिमिटेडको भएको छ भने धेरै रकमको कारोवार हिमालयन डिस्टिलरीको रहेको छ ।