images
images

यातायात मजदुरले गरे सार्वजनिक यातायात बन्द फिर्ता


  • 273
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    यातायात मजदुरले गरे सार्वजनिक यातायात बन्द फिर्ता

    काठमाडों । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको फिर्ता लिएका छन् । आज बिहान सिंहदरवारमा भएको वर्तामा बन्द फिर्ता लिने समझदारी भएको हो । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएर बाँकी मागका सम्बन्धमा थप छलफल गर्ने समझदारी भएको छ । 

    यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए । 

    बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरु तोडफोड समेत गरेको थियो । यातायात मजदुरहरुले आज काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द आह्वान समेत गरेका थिए ।


    images
    images

    Logo