काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज बजारमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य पनि आज घटेर ४ हजार ६ सय ९० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।