images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 78
    SHARES
  • २०८३ भाद्र २२ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २२ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९२ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०९ पैसा रहेको छ।

    त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १० पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा कायम भएको छ।

    साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा रहेको छ।

    थाई भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

    त्यस्तै, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २२ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४४ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा तोकिएको छ।

    हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ४२ पैसा रहेको छ।

    बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ १९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।




    images
    images

    Logo