काठमाडौं । नारायणगढ–मुग्लिन सडक भाेलि बिहानदेखि आंशिक रूपमा बन्द गर्ने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्न स्थानीय प्रशासनले गाडी आवागमन आंशिक रूपमा राेक्न लागेकाे हाे ।
सूचनाअनुसार नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि साढे ८ बजे, साढे १० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि साढे १ बजे, ३ बजेर ५० मिनेटदेखि ४ बजे र बेलुकी ६ बजेपछिको समयमा सञ्चालन हुनेछ । यसबाहेकको समय याे ठाउँमा गाडी आवागमन राेकेर काम हुनेछ ।
कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई गाडी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य चलिरहने सूचनामा उल्लेख छ ।
