images
images

रसुवा बाढीः एक हजार ३५५ को मृत्यु, १३ हजार ३९६ जनाको उद्धार


  • 114
    SHARES
  • २०८३ भाद्र २२ गते सोमबार

    रसुवा बाढीः एक हजार ३५५ को मृत्यु, १३ हजार ३९६ जनाको उद्धार
    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ ।
     
    प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।
     
    प्राधिकरणका प्रवक्ता शान्ती महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिइन् ।  उनले भनिन्, “बाढीमा परी करिब चार हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब एक हजार ९६७ जना र  नुवाकोटबाट करिब दुई हजार ३४० नेपाली सम्पर्कविहीनको विवरण अद्यावधिक छ ।”
     
    उनका अनुसार, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको तथ्याङ्क छ । यसबीच बाढीमा फसेकाहरु मध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।
     
    प्राधिकरणका अनुसार छ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ । ती मध्ये विभिन्न अस्पतालमा ३२३ जनाको उपचार भएकामा २२८ जना उपचारपछि फर्किएका छन् । 
     
    प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले तीन हजार ५३३ जना बाढी प्रभावित रहनुभएको छ ।  ती मध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका प्राधिकरणको भनाइ छ ।
     
    प्राधिकरणका अनुसार उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।  नेपाली सेनाका नौ हजार २८७, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि परिचालित छन् । 


    images
    images

    Logo