काठमाडौं । एशियन हाइड्रोको आईपीओमा आवेदन दिने समय थप गरिएकाे छ । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ फागुन १ गते सार्वजनिक बिदा परेकोले एक दिन थप गरिएको हाे ।
कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८४ हजार कित्ता ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरीसकेको छ ।
त्यस्तै कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८ सय कित्ता शेयर छुट्याइ बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।



