images
images

बढेको ट्राफिक जरिवाना फिर्ता, पुनः ५ सय नै कायम


  • 315
    SHARES
  • २०७९ फाल्गुण १ गते सोमबार

    बढेको ट्राफिक जरिवाना फिर्ता, पुनः ५ सय नै कायम

    काठमाडौं । ट्राफिक प्रहरीले नियम मिच्दा वृद्धि गरेको जरिवाना शुल्क फिर्ता गरेको छ। जरिवाना शुल्क धृरै भएको भन्दै यसको चौतर्फी विरोध भएपछि उक्त जरिवाना शुल्क घटाइएको हो । 

    आइतवार बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैठकले सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति गरेको छ ।  यसअघि ५ सय रुपैयाँ रहेको जरिवाना शुल्क गत पुस ३ गतेदेखि लागु हुने गरी १ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो।

    यातायात व्यवस्था विभागले बढाइएको जरिवाना न्यूनतम ५ सय  नै कायम गर्न सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई परिपत्र गरेको छ।

    ऐन को दफा १६४ बमोजिम पहिलो पटक ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ५ सय रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ र तेस्रो पटक वा सो भन्दा बढी पटक गर्नेलाई १ हजार ५ सय जरिवाना गर्ने सकिने छ। 


    images
    images

    Logo