काठमाडौं । भोलि काठमाडौं उपत्यका बन्द हुने भएको छ । सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै मजदुरमाथि आक्रमण गरेको विराेधमा भोली काठमाडौं उपत्यका बन्द गर्ने निर्णय गरेको हो ।
बसपार्कस्थित लोत्से मलका कर्मचारीले यातायात मजदूरमाथि आक्रमण गरेको विरोधमा भोली एक दिन काठमाडौँ उपत्यका बन्दको घोषणा गरेको छ ।
आज पनि मजदुरहरुले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । उनीहरुले सडकमा सवारी साधन तेर्साएर बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध गरेका छन् ।
